दफा
कर अधिकृतको नियुक्ति र अधिकार प्रत्यायोजन

(१) यस ऐनको प्रयोजनको निमित्त नेपाल सरकारले आवश्यक संख्यामा कर अधिकृतहरू नियुक्त गर्न सक्नेछ ।

(२) कर अधिकृतको कार्यक्षेत्र नेपाल सरकारले तोकेबमोजिम हुनेछ । नेपाल सरकारले आवश्यक देखेमा कुनै एक अधिकृतको कार्यक्षेत्रभित्र पर्ने काम कारवाई अर्को कर अधिकृतद्वारा पनि गराउन सक्नेछ ।

(३) यो ऐन लागू हुनु भन्दा अघि नियुक्त भइरहेका कर अधिकृतहरू यस ऐन अन्तर्गत नियुक्त भएको मानिनेछ ।

(४) कर अधिकृतले आफनो अधिकार मध्ये सबै वा केही अधिकार आफू मुनिका कर्मचारीलाई आफनो सामान्य रेखदेख तथा नियन्त्रणमा सुम्पन सक्नेछ ।

(५) नेपाल सरकारले यो ऐन बमोजिम आफूले पाएको अधिकार मध्ये सबै वा केही अधिकार महा–निर्देशक वा कर अधिकृतलाई सुम्पन सक्नेछ ।

(६) कर अधिकृतले आफनो अधिकार आफू मुनिका कर्मचारीलाई सुम्पने सम्बन्धमा नेपाल सरकारबाट खास निर्देशन भएमा सोही बमोजिम गर्नु पर्नेछ ।